Nidan Media

भिजिट भिसा प्रकरणमा सरकार गम्भीर देखिएन, सदनमा अवरोध जारी रहन्छ : माओवादी

काठमाडौँ — भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने पुराने अडान दोहोर्‍याएका छन् ।

बुधबार दिउँसो संसद् भवनमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले पुरानै अडान यथावत रहेको बताएको हो।

बैठकमा सहभागी माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकार पक्ष गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउन दुवैमा तयार नभएपछि सहमति नभएको बताउँछन् ।

उनले भने, सरकारले यी दुवै कुरा नगरी सदन मात्र खुलाउने कुरा गरेपछि सहमति हुन सकेन । हामीले छानबिन समितिलाई सघाउन गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भनेका हौँ । हाम्रो मुख्य मुद्दा भनेको भिजिट भिसा सेटिङको स्वतन्त्र छानबिन होस् भन्ने हो । सरकार यी माग पूरा गर्न तयार नभए सदनमा अवरोध जारी रहने पनि पाण्डेले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.