Nidan Media

गृहमन्त्री लेखकको राजीनामा नदिने , छानबिन समिति पनि नबन्ने

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच बालुवाटारमा बुधबार बिहान सम्पन्न बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा वा छानबिनको कुनै औचित्य नरहेको बताए।

“के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन। किन छानबिन समिति बनाउने ?” घिमिरेले भने, “कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छरु साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन।”

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै राजीनामा माग गर्दै आएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधका कारण सञ्चालन हुन सकेको थिएन। विपक्षीले बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने बताइसकेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.