Nidan Media

एनआरएनए जापानमा चुनाव : सिद्धार्थ श्रेष्ठद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

जापानमा १७ वर्षदेखि बसोबास गर्दै सामाजिक सेवामा निरन्तर संलग्न रहँदै आएका सिद्धार्थ श्रेष्ठले गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

बिगत १३ १४ वर्षदेखि विभिन्न संघ-संस्थासंगै एनआरएनए जापानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले यसअवधिमा एनआरएनएको मानार्थ सदस्य, सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आफ्नो योग्यताका साथै नेतृत्व क्षमता प्रदर्शन गर्दै आएका छन् ।

अघिल्लो अधिवेशनमै अध्यक्ष पदका लागि व्यापक चर्चा भए पनि आफु भन्दा लामो समय काम गरेका र संस्थामा योगदान भएका अभियन्ताहरुलाई साथ दिँदै संस्थाको सुदृढीकरण गर्ने भन्दै श्रेष्ठले उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । यस पटक भने संस्थालाई अझ पारदर्शी, सक्षम तथा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ अध्यक्ष पदमा आफ्नो शसक्त दावेदारी सहित उम्मेदवारी दिने बताएका छन ।

श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाभित्र भएका अनियमितता र अपारदर्शी क्रियाकलाप विरुद्ध पनि महत्वपूर्ण योगदान दिएका थिए । अध्यक्षका दावेदार श्रेष्ठ भन्छन् – “संस्थालाई पारदर्शी, उत्तरदायी र स्वच्छ बनाउन मैले सधैं आवाज उठाएको छु, म सधैं पीडित, दुःखी र समस्यामा परेका नेपालीहरूको हितमा लागिरहेको छु, र अब अध्यक्षको भूमिकाबाट अझै प्रभावकारी भएर समुदायको सेवा गर्ने अठोटका साथ उम्मेदवारी घोषण गरेको छु ।”

बागलुङको माटोमा जन्मिएका श्रेष्ठ खेलकुदको माध्यमबाट नेतृत्व र समर्पण सिक्दै उनी जापानमा सामाजिक सेवाका विभिन्न अभियानहरूमा अग्रसर हुँदै आएका छन् ।

श्रेष्ठले हाल खुल्ला रहेको एनआरएनए जापानको सदस्यता प्रक्रियामा सहभागी हुन सबैलाई अनुरोध गर्दै ,“सबल, पारदर्शी र उत्तरदायी नेतृत्व चयन गर्न सदस्यता अनिवार्य रहेको बताएका छन् । साथै उनले, संस्थालाई सही दिशा दिनका लागि मतदाताहरुको निष्पक्ष र विवेकपूर्ण सहभागीता आवश्यक रहेकाले समयमै सदस्यता लिएर परिवर्तनको अभियानमा साथ दिनका लागि सम्पूर्ण जापानबासी नेपालीहरुलाइ अनुरोध समेत गरेका छन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.