Nidan Media

कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, पोखरा फेरी ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

 

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ । देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुन एक पटक उनका कोकिल वाणीबाट कथा श्रवण गर्ने मौका मिलेको छ । पुन पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने छ ।

 

उनले कर्णप्रिय कथाका माध्यमबाट भक्त जनलाई धर धर रुवाउँछिन् र उति वेलै मन्द मुस्कान साथ भक्तजन भुलाउँछिन् किनकि उनी हिन्दीमा जोडले माइकबाट कराउँछिन् ‘प्यार से बोलो ना’ । त्यसपछि भक्तजनको मुखबाट महायज्ञ गुञ्जायमान हुन्छ ‘राधे राधे’ । यो पोखरेलीको लागि पनि अहोभाग्य हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् ।

 

देवी प्रतिभाको बिदाइ दिन सहभागी भक्तजनको आँखा नरसाएको सायद कसैको थिएन किनकि उनको कथा वाचनको क्षमताले नै हो । उनी भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन्  जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ ।  महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुन पोखरा जोडिन मन लाग्यो ।

 

‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ । यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा ९प्रतिभा पराजुली० यति बेला  अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।

 

त्यसै गरी कोटिहोममा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी आउने भएकी छन् । जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.