नेपाली काँग्रेसमा युवालाई जोड्ने एक महत्वपुर्ण भातृ संगठन हो तरुण दल । यस संगठनबाट धेरै गुणहरु उत्पादन भएको रेकर्ड छन् । भने कतिपयले तरुण दलको नेता भनेर बेला बेलामा खुलेर गुण्डाराज गरेको पनि पाइन्छ । शनिबार लम्जुङमा तरुण दलले यस्तै एउटा घटना भएको छ । नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई चितवन सिएममी मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।
दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । सोही कारण अधिवेशन पनि रोकिएको छ । निर्वाचन समितिले १० गते चुनाव हुने भन्दै त्यो दिन सम्मको लागी चुनावी कार्याक्रम रोकिएको हो ।