Nidan Media

ताप्लेजुङमा सिरजङ्घा बन्यो कम बेरुजु हुने पालिका

ताप्लेजुङको सिरजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका भएको हो ।

सिरिजङ्गा गाउँपालिकाको बेरुजु १.०८ प्रतिशत देखिएको छ। यस्तै सबैभन्दा धेरै बेरुजु मैवाखोला गाउँपालिकाको देखिएको छ। मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिएको छ भने फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ। आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत देखिँदा सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ।

मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत र मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका सहित आठ गाउँपालिका गरि जम्मा नौँ स्थानीय तह रहेका छन् । ‘बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पुर्‍याउनुपर्‍ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पुर्‍याएको कारोबार बुझिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.