Skip to content

माग पूरा नभए सेवा प्रवाह बन्द गर्ने कर्मचारीको चेतावनी

राजपत्र अनंकित कर्मचारीहरूले आफ्ना माग पूरा नभए काम बन्द गर्ने चेतावनी दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना माग सुनुवाइ नभए सेवा प्रवाह रोक्ने चेतावनी उनीहरुको छ ।

संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, सेवाको सुरक्षा, पेसागत हित एवम् क्षतिपूर्तिसहितको नागरिक सेवाको व्यवस्था हुनुपर्ने लगायतका विभिन्न माग गर्दै आएका छन् ।

माग पूरा गर्न दबाब दिने कर्मचारीहरुले शुक्रबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको आह्वानमा मागपत्र टाँसेर काम गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x