Skip to content

मोदीको प्रतिबद्धता– आतङ्कवादी आक्रमणका जिम्मेवारलाई छोडिने छैन

जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी बुधबार बिहान राजधानी नयाँ दिल्ली फर्किएका हुन् ।

प्रधानमन्त्री मोदी मङ्गलबार साउदी अरबको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

स्वदेश फर्किएलगत्तै उनले पहलगाममा आतङ्कवादी आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने प्रतिबद्धता जनाएका छन् । ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन,’ उनले भने । दिल्ली पुग्नेबित्तिकै मोदीले परिस्थितिको बारेमा जानकारी लिन आपतकालीन ब्रिफिङ बैठक गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ । केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै कश्मीर पुगिसकेका छन् । यसैबीच समाचार एजेन्सी पीटीआईका अनुसार मङ्गलबार पहलगाममा भएको आतङ्कवादी हमलापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अधिकारीहरूले यो कदम सावधानीका रूपमा उठाइएको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x