पोखरा । हत्याको आरोपमा इलाका प्रहरी कार्यालय बेलचौताराले १ युवा सहित २ नाबालकलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ७ टुडामा बस्ने २२ वर्षिय अमन गुरुङ अन्य २ नाबालक पक्राउ परेका हुन ।
गत चैत्र ३१ गते उनीहरुले बन्दिपुर गाउँपालिका घर भई शुक्लागण्डकी ६ को एक होटलमा काम गर्ने ५५ वर्षका मंगल गिरीको हत्या गरेका थिए । नाबालक र युवा मादक पदार्थ सेवन गरेर मातेका थिए । उक्त समयमा गिरिले उनीहरुलाई सम्झाउने प्रयास गरेको थिए ।
सम्झाउने प्रयास गरेका गिरीमा आफुहरु जाइलागेर हत्या गरेको उनीहरले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । सुरुमा हातले कुटपिट गर्दा गिरी नालीमा ढलेको उनीहरले सोधपुछको क्रममा प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए । नालीमा ढलेपछी पुन ढुङ्गाले हानेर उनीहरुले हत्या गरेका थिए ।
७ दिनका् म्याद थप गरी घटनाको विषयमा थप अनुसंधान भैरहको निरिक्षक उनले जानकारी दिए ।