पोखरा । करिब २ करोड लगानीमा पोखराको बगालेटोलमा नयाँ जिम पम्प एण्ड आइरन जिम संचालनमा आएको छ । उक्त जिमको उद्दघाटन गर्दै गण्डकी प्रदेश सरकार पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य पञ्चराम गुरुङले पछिल्लो समयमा जिमखानाको महत्व बढ्दै गएको बताए । मानिसहरुको व्यस्त जिवनशैलीमा स्वस्थ्य बन्नको लागी सबैले व्यायम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । जनता स्वस्थ्य रहेमा देश स्वस्थ्य रहने भन्दै दिनमा केही समयमा व्यायम गर्न सबैलाई गुरुङले आवह्न गरे ।
प्रोम्याक्स कम्पनीको जिमखाना पम्प एण्ड आइरनका संचालक अजय विक्रम भण्डारीले अन्य जिममा भन्दा उक्त जिममा नयाँ छुट्टै आएम रहेको बताए ।
अत्याधुनिक मेसिरहरुको प्रयोग भएको कारण पोखराको उत्कृष्ट जिम रहेको उनले जानकारी दिए । एकै पटकमा सय भन्दा बढीले व्याम गर्न सक्ने जिमबाट ५ जनाले रोजगारी पाएका छन् ।
बिहान ६ बजेदेखी १२ बजेसम्म र १ बजेदखी बेलुका ९ बजेसम्म संचालनमा रहने जिममा अहिले नयाँ अफरको व्यवस्था गरिएको भण्डारीले जानकारी दिए । अफरको समयमा ३ महिनाको लागी ७ हजार ६ महिनाको लागी १४ हजार ५ सय र एक वर्षको लागी २८ हजार तोकिएको छ भने भर्ना शुल्क लाग्ने छैन । उक्त अफर वैशाख सम्मको लागी मात्र खुल्ला रहने छ ।