Nidan Media

विद्युतीय दुर्घटनाबाट ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँसम्म राहत दिइने

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको ज्यान गएमा लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

हिजो बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल विद्युतीय दुर्घटनामा परी ज्यान गुमाएका कर्मचारीको हकमा बढीमा पाँच लाख रुपैयाँ राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था थियो । त्यस्तै सर्वसाधारणको हकमा बढीमा पाँच लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको थियो ।

बैठकमा उर्जामन्त्री दीपक खड्काले विद्युतीय दुर्घटनामा परेकाहरूलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको थियो ।

बैठकले विद्युत् वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टिसम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ ।

कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत् महसुलमा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमात्र कायम गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले प्राधिकरणसँग सेवा प्रवाहको सम्झौता गरेका तर गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरूको नवीकरण खारेज गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको सेवालाई थप व्यवस्थित बनाउन राष्ट्रिय ग्रिड विस्तार भएको क्षेत्रमा प्राधिकरण आफैँले सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.