Skip to content

प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् ।

प्रधानमन्त्रीको बिहान १० ः ४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘बाहिर जसरी केही भएन भनेर भास्य सिर्जना भएको नेकपा एमालेका विरुद्धमा चौतफि आक्रमण गर्ने योजना बनाइएकोले हाम्रा दृष्ट्रिकोणहरु, राजतन्त्र ल्याइहाले भन्ने हावा कुराहरूका पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिनका लागि हामीले प्रदेशस्तरीय जागरण सभाको आयोजना गरेका हौँ ।’

एमालेको सन्देश प्रवाह गर्नका लागि दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए ।

खतिवडाले लोकतन्त्र भन्दैमा छाडा तन्त्र स्वीकार्य नहुने पनि बताए । खतिवडाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू केही हुन नसक्ने दाबी समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x