Skip to content

दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन्।

सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनस्र्थापित गर्ने दिशामा एक कदमको रूपमा हेरेका छन् । त्यस्तै युनका समर्थकहरूले यसलाई लोकतान्त्रिक सिद्धान्तहरूमाथि प्रहारको रूपमा हेरेका छन् ।

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।
शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् । अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ । (सीसीटीभीप्लस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x