Skip to content

यस्तो छ, आज तरकारी र फलफूलको थोक मूल्य

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १०, बन्दा (तराई) प्रतिकिलो रु ८, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ६०, तितो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ ।

कुरीलो प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकिलो रु ४५, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु ९०, तोफु प्रतिकिलो रु ११० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

यसैगरी समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३००, अङ्गुर (हरियो) प्रतिकिलो रु १८०, अङ्गुर (कालो) प्रतिकिलो रु २३०, भारतीय सुन्तला रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x