Nidan Media

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पार्किङ क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओम प्रकाश राई भएको भक्तपुर प्रहरी परिसरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार राई कबाडी सामग्री संकलन गर्ने व्यक्ति थिए। उनको टाउको र दाहिने कानछेउमा चोट लागेको पाइएको छ। घटनास्थलमा रगत लत्पतिएको ढुंगा भेटिएको हुँदा ढुंगाले प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।

मृतक राईका तीन छोरा रहेको प्रहरीले जनाएको छ। जेठा छोरा विदेशमा रहेको र बाँकी दुई छोरा नेपालमै भएको जानकारी प्राप्त भएको छ। राईसँगै अन्य दुई जना समेत कबाडी संकलन गर्ने गरेका थिए, जसको पहिचानका लागि प्रहरीले खोजी गरिरहेको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.