Skip to content

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव

पोखरा । पोखरामा शनिबारदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरिने भएको छ। महोत्सवमा नेपालसहित ५ देशका ६ वटा नाटक मञ्चन गरिने महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए। पोखरा थिएटरको आयोजनामा हुने महोत्सवमा नेपालका २ वटा, चीन, जापान, नर्वे र ट्युनिसियाका १/१ वटा नाटक मञ्चन हुनेछ। चार दिनसम्म चल्ने नाटक महोत्सवमा नाटकसँग सम्बन्धित विभिन्न ४ वटा विषयमा अन्तर्क्रिया पनि हुने भएको छ।

महोत्सवको उद्घाटनमा नेपाली नाटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनमा आधारित नाटक मुनामदन मञ्चन गरिनेछ। उक्त नाटकको निर्देशन थिएटरका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका परिवर्तनले गर्नेछन्। उद्घाटन नाटक लगत्तै महोत्सवमा इन्द्रेणी थिएटरले (भ्रूण) शीर्षकको नाटक प्रस्तुत गर्नेछ। महोत्सवमा चिनियाँ मिनी ओपेरा द चार्मिङ जिन्जु ओपेरा, जापानी नृत्य नाटक मास्टर शोको एण्ड मार्गरिता, नर्वेबाट द रोज नाटक मञ्चनको तयारी भएको परिवर्तनले जानकारी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ मा नेपालसहित ५ देशका नाटक फरक फरक स्वादका हुनेछन्,’ उनले भने, ‘महोत्सवले पोखराको सांस्कृतिक उत्थानमा टेवा पुर्‍याउनेछ।’यसअघि पोखरा थिएटरले २०७५ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको थियो। नाटक महोत्सवले पोखरालाई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने परिवर्तनले बताए। उनका अनुसार काठमाडौंमा बुधबारदेखि सुरू नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव ९निटफेष्ट० मा मञ्चन गरिएका नाटक छनोट गरेर पोखरामा प्रदर्शन गर्न लागिएको हो। निटफेष्टले माग गरेको आवेदन अनुसार एक सय बढी नाटकबाट छनोट गरेर काठमाडौंको मण्डला थिएटरमा १७ वटा नाटक मञ्चन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x