Nidan Media

पोखरामा विश्वव्यापी रक्तदान अभियानमा १ सय ६४ युनिट रगत संकलन

पोखरा । अन्तराष्ट्रिय वीलभयू फाउन्डेसनको आयोजना पोखरामा बुधबार भएको रक्तदान कार्यक्रममा १ सय ६४ युनिट रगत संकलन भएको छ ।

उक्त रक्तदान कार्यक्रमको उद्दघाटन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले रक्तदान गर्नेहरूलाई रगत नपाएर हुने मृत्युलाई रक्तदानबाट टार्न सकिने बताईन । उनले रक्तदान गर्ने काम उल्लेखनिय भएको धारणा राखिन् । पोखराका केही ठाउँमा रक्तदान सेन्टरको स्थापना गर्न प्रयास गर्ने जानकारी दिईन् ।

अन्तराष्ट्रिय वीलभयू फाउन्डेसनको ७ सय ७८ औँ विश्वव्यापी रक्तदान अभियान अन्तर्गत कोरिया, थाइल्याड, केन्या, अमेरिका, चिली लयातका ६४ वटा देश सहित नेपालका सबै प्रदेशमा रक्तदान कार्याक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले वीलभयू फाउन्डेसनले गर्दै आएको कामहरु उत्कृष्ट रहेको बताए । पोखराका कतिपय ठाउँमा रक्तदान गर्ने स्टलहरु नपाएको कारण दुख भएको जानकारी दिदै पोखराको महेन्द्रपुल र पृथ्वीचोकमा राम्रो रक्तदान गर्ने सेन्टर बनाउन अनुरोध गरेका थिए ।

लागिगुरास आमा समूहका अध्यक्ष कृष्ण थापाले कार्यक्रम उत्कृष्ट रहेको बताईन् । वीलभयू फाउन्डेसन गण्डकी प्रदेश संयोजक मैमान गुरुङले देश र समाजको लागि असल कार्य गर्दै आएको जानकारी दिए ।

‘‘आमाको प्रेम सारा संसारमा’’ भन्ने नारा लिएर फाउन्डेसनले बेला बेलामा बृक्षारोपण, विद्यालयमा सहयोग, वातावरण सरसफाइ गर्ने, बाढीपीडितलाई सहयोग, भुकम्पमा भुकम्प पीडितलाई सहयोग, कोभिड १९ जस्ता विपत्तिमा विभिन्न समाजिक काम गर्दै आएको छ ।

२००४ मा कोरीयाबाट स्थापना भएको अन्तराष्ट्रिय वीलभयू फाउन्डेसनले स्थापना कालदेखी हालसम्म विभिन्न कार्यक्रममा ५२ हजार २ सय भन्दा बढि युनिट रगत संकलन गरेको छन् ।
कार्यक्रममा प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र कास्कीले गरेको थियो । कार्यक्रमको सञ्चालन रसन्त श्रेष्ठले गरेको थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.