Nidan Media

गैरसरकारी संस्था महासङ्घ नेपालको ११औं महाधिवेशन सम्पन्न, अर्जुन कुमार भट्टराई अध्यक्ष निर्वाचित

गैरसरकारी संस्था महासङ्घ नेपालको ११औं महाधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रिय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको छ। वरिष्ठ उपाध्यक्षमा नानी माया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा संजय लम्साल निर्वाचित भएका छन्। महासचिवमा देबी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द बहादुर शाही चयन भएका छन्।

महासङ्घको विधानअनुसार केन्द्रिय कार्यसमितिमा ५१ सदस्य रहने व्यवस्था छ, जसअनुसार बाँकी ३ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ। नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९२३ जना गैसस प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३०औं वार्षिक साधारण सभा, र ११औं महाधिवेशन यही फागुन २५ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

महाधिवेशन अवसरमा जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भयो। अति कम विकसित राष्ट्रबाट नेपाल स्तरोन्नति भएपछिको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापनका साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपनाका चुनौतीहरूबारे पनि छलफल गरिएको थियो।

प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्थाहरू र सामाजिक अभियानको दिगोपनाका लागि आवश्यक नीति तथा कार्य वातावरणका विषयमा छलफल भएको थियो। महाधिवेशनका निष्कर्षस्वरूप काठमाडौं घोषणापत्र जारी गर्ने तयारी भइरहेको महासङ्घका उपमहासचिव किरण थापाले जानकारी दिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.