Nidan Media

प्रधानमन्त्री ओलीले भने : हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताएका छन्। ‘होली पर्व’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिने बताएका हुन्।

‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ। शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।’ शुभकामना दिँदै उनले भने,‘फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ।’

उनले प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको उल्लेख गरेका छन्। उनले भने,‘मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्त्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ- यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ। हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना !’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.