Skip to content

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए । न्यूजीलाण्डले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो । जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।

यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए ।
यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x