Nidan Media

झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए

गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजारभन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन्।

ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ।

सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानूनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन्।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.