Skip to content

देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन सांसद एकनाथ ढकालको आग्रह

प्रतिनिधि सभा बैठकमा सांसद एकनाथ ढकालले देश विकासका एजेन्डामा सबै दल तथा सांसदहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सरकारद्वारा संसदमा पेश गरिएका ६ वटा अध्यादेशलाई पारित गर्न सबैको सहकार्य जरुरी रहेको बताए।

सभामुखसमक्ष आफ्नो धारणा राख्दै सांसद ढकालले अध्यादेशहरू संविधान अनुसार जारी गरिएको उल्लेख गरे। उनले सार्वजनिक सेवा सुधार, व्यवसाय प्रवर्द्धन, तथा नागरिकहरूले भोग्दै आएका झन्झट हटाउन यी विधेयकहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।

“सेवाग्राहीको काम ७ दिनभित्र पूरा गर्ने, १५ दिनभित्र उद्योग दर्ता हुने व्यवस्था गरिएको छ। यी कदमहरूले लाखौं नागरिकलाई लाभ पुर्‍याउनेछन्,” सांसद ढकालले भने।

उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन तथा सूचना प्रविधि क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न सक्ने प्रावधानहरू समेत समेटिएको बताए। सुशासन तथा व्यवसायिक वातावरण सुधारका लागि यी अध्यादेशहरू ऐतिहासिक कदम भएको उनको भनाइ छ।

“प्रधानमन्त्रीको काम गरेरै छोड्ने हुटहुटी हामी सबैमा छ। त्यसैले देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन म विनम्र आग्रह गर्दछु,” सांसद ढकालले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x