पोखरा १६ बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सवको अवसरमा नाटक महोत्सव हुने भएको छ । वार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते ‘प्रगति नाटक महोत्सव’ सहितका कार्यक्रम हुने स्कुलका सूचना अधिकारी जयराम पौडेलले जानकारी दिएका छन् ।
पोखरा थिएटरको सहकार्यमा हुने महोत्सव महोत्सवमा विद्यार्थीले ५ वटा नाटक सबैजसो विद्यार्थी र अभिभावकले हेर्न पाउने गरी महोत्सव गर्न लागिएको पौठेलले जानकारी दिए ।
सरुभक्तको नाटक ज्यानमाया परिवर्तन, सरुभक्तकै अर्काे नाटक भ भ भ भूत मीना भण्डारी, महोत्सवमा तीर्थ श्रेष्ठको आमा कविता नाटक रमेशबाबु तिमिल्सिना टंक चौलागाईको रोल न. ४ नाटक धनकाजी श्रेष्ठले निर्देशन गरेका छन् । भने अर्काे नाटक तुलना परिवर्तनको निर्देशनमा विद्यार्थीहरुले प्रदर्शन गर्दै छन् ।
यस महोत्सवले विद्यार्थीको क्षमता अभिबृद्धी हुने अनुमान गरिएको छ ।
कार्यक्रममा प्राडा रामचन्द्र पोखरेल र परिवर्तनले रंगमञ्चबारे बहस गर्ने छन् भने प्रतीक पौडेलबाट कुशल अभिभावकत्व कला र विद्यार्थी जागरणबारे प्रकाश पारिने छ । शिव संकल्पबाट पुस्तक किन र कसरी पढ्नेबारे प्रवचन दिने कार्यक्रमका साथमा कला प्रदर्शनी, फुड स्टल, पुस्तक र शैक्षिक प्रदर्शनीसमेत हुने विद्यालयका प्राचार्य महेन्द्र थापाले बताए ।