नेपाल आयल निगमले शुक्रवार मध्य रातिदेखि लागू हुने गरि पेटूोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ताले शुक्रवार राति एक प्रेस विज्ञप्ती जारी पर्दै पेट्रोल, मट्टितेल, डिजेल तथा हवाइ इन्धनमा मूल्य वृद्धि भएको जानकारी गराएका छन् ।
निगमले माघ १९ गते मध्यराति १२ः०१ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर चार रुपैयाँ तथा हवाइ इन्धनमा प्रतिलिटर छ रुपैयाँले मूल्य वृद्धि गरिएको जनाएको छ ।
नियमले इण्डियन आयल कर्पोरेशनबाट आज ३१ जनवरीमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १ रुपैयाँ ५९ पैसा, डिजेलमा ३ रुपैयाँ ५७ पैसा तथा हवाई इन्धनमा ५ रुपैयाँ ७० पैसाले बढेर आएकोले नेपालमा मूल्य वृद्धि गर्नु परेको स्पष्ट पारेको छ ।