माईकल के.बी.
पोखरा । पोखराको लिटील हार्ट मन्टेश्वरीको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महासाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद भण्डारीले यस बिधालयमा विद्यार्थीहरुलाई सिकाउदै आईएको शैक्षिक पद्धति उत्कृष्ट रहेको जानकारी दिए । आउदा दिनमा पोखरा महानगरपालिका शिक्षा माहाशाखाबाट विद्यालयलाइृ सहयोगको प्रतिबद्धता जनाए ।
विद्यालयकी प्रध्यापक ईमा गुरुङले विद्यार्थी र शिक्षक मात्रै शिक्षीत भएर हुदैन भन्दै अभिभावक हरु पनि शिक्षित हुनुपर्ने बताईन् । प्रत्येक अभीभावकलाई आफ्ना छोराछोरीको शैक्षिक प्रगती विवरण थाहा पाउनु अधिकार र दाईत्व दुबै रहेको जानकारी दिईन् । अभिभावकको माया, स्नेह र विश्वासका कारण विद्यालयले १२ वर्ष पार गरेको बताईन् ।
कार्यक्रममा कक्षा एकमा अध्यनरत विद्यार्थी सुहासिनी मल्ल ठकुरी र सुयोग्या मल्ल ठकुरीलेले स्वागत मन्तव्य राखेका थिए ।
दिवसलाई आकर्षण बनाउन विद्यार्थीहरुले नृत्य तथा गायन र शिक्षीकाहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयमा वर्षभरीका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरुस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा अभिभावकहरुले पनि विद्यालय प्रती सकरात्मक र सन्तुष्ट भएको धारणा राखेका थिए । विद्यालयका निर्देशक पुष्पराज गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
photo : Michael KB