Nidan Media

वर्षमा १ सय २६ फार्मेसी निलम्बनको कारबाहीमा

काठमाडौं- औषधि व्यवस्था विभागले गत वर्षमा १ सय २६ फार्मेसी पसललाई निलम्बनको कारबाही गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा विभागले औषधि ऐन उल्लंघन गर्ने १४ वटा जिल्लाका १ सय २६ फार्मेसी पसललाई निलम्बनको कारबाही गरेको हो। म्याद गुज्रिएका औषधि राख्ने, फर्मासिस्ट अनुपस्थित रहेका लगायत फार्मेसीलाई कारबाही गरिएको विभागले जनाएको छ।

कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ। यहाँका ३८ वटा फार्मेसीलाई विभागले कारबाही गरेको छ। यस्तै, कास्की २२, रुपन्देही १२, कपिलवस्तुका ११, ललितपुर र गुल्मीका समान ७, पर्वतका ६, म्याग्दीका ५, भक्तपुर, तनहुँ र बागलुङका समान ४, नवलपरासीका ३, अर्घाखाँचीका २ र स्याङजाका १ वटा फार्मेसी कारबाहीमा परेका हुन्।

 

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.