Skip to content

प्रधानमन्त्री नै बन्ने अवसर आएपनि संसदको यो कार्यकालमा सरकारमा जान्न : राजेन्द्र लिङ्देन

काठमाडौं, १४ माघ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन् । पार्टीको हिजो समापन भएको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिङ्देनले यस्तो जवाफ दिएका हुन् ।

उनले मन्त्री, उपप्रधानमन्त्रीमात्रै नभएर प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि आफू सरकारमा नजाने स्पष्ट पारेका छन् । उनले भने ‘मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न । साथीहरु जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन । म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न । हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर पनि नआउला । तर, कथंकदाचित त्यस्तो अवसर आयो भने पनि म हुन्न ।’ राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । लिङ्देनको तस्विर सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्–“मन्त्री, उपप्रधानमन्त्रीको त के कुरा, प्रधानमन्त्री नै बन्ने अवसर आएछ भने पनि संसदको यो कार्यकालमा म सरकारमा जान्न”– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रत्युत्तर सम्बोधनको क्रममा ।’’

लिङदेनले अर्को चुनाव आफू गठवन्धनबिना लडेर जितेर देखाउने दाबी गरे । ‘झापा जिल्लाको मेरो निर्वाचन क्षेत्रमा म होस या अर्कोलाई उठाएर होस कुनै पार्टीसँग नमिलिकन चुनाव जितेर आउने छौं । यो रेकर्डमा रहोस् ।’

लिङदेनले राप्रपाभित्र आफ्नो कुनै पनि पक्ष नरहेको पनि स्पष्ट पारे। उनी भन्छन, ‘पार्टीमा मेरो कुनै पक्ष छैन । अध्यक्षको कुनै पक्ष हुँदैन ।’ आफूले मनोनित गरेका व्यक्तिहरु ठीक नरहेको भन्ने असतुष्टि आएको सन्दर्भमा उनले पूर्वअध्यक्षज्यूहरुसँग पदाधिकारीहरुसँग छलफल गरेर सच्याउन सक्ने बताए ।

‘आवश्यक पर्यो भने मैले गरेको मनोनयनहरु फिर्ता लिएर देखाउँछु’,

लिङदेनले चुनावको बेला पनि काठमाडौमा उपरखुट्टी लगाएर बस्नेहरुले पार्टी सकियो भनेर चिन्ता लिन नसुहाउने पनी बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x