Skip to content

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि रुघाखोकीले ग्रस्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि बालुवाटारमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार चिसोका कारण रुघाखोकीले ग्रस्त बनाएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले मौसमी रुघाखोकी कारणले आराम गरिरहेको जानकारी दिइन् ।

‘उहाँलाई रुघाखोकीले गालेको छ । बोल्न असहज भएको छ,’ डा. दिव्याले  भनिन्, ‘हामीले रुघाखोकीको सामान्य औषधि दिएका छौं । केही दिन आराम गर्न सुझाव पनि दिएका छौं ।’

चिकित्सककै सुझाव अनुसार ओलीले शुक्रबारका लागि तय भएका उपत्यकाबाहिरका सबै कार्यक्रम रद्द गरेका हुन् ।  यसअघि बुधबार र बिहीबार पनि उनले कुनै भेटघाट नगरी बालुवाटारमै आराम गरेका थिए ।

डा. दिव्याले थप भनिन्, ‘बालुवाटारमै उहाँको उपचार भइरहेको छ । ज्वरो भने छैन । रुघाखोकीको मुख्य उपचार नै आराम भएकाले केही दिन बाहिरी कार्यक्रममा नजान सुझाव दिएका छौं ।’

शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए ।

बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।  भर्चुअल उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै दिउँसो सवार १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x