१४ फागुनमा रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ लाई फरक गेटअपमा देखिएका छन् । धुर्मुसको लुक्स पुर्पक्षका लागि जेलमा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको जस्तै देखिएको छ । धुर्मुसको यही गेटअपका कारण पोस्टरले चर्चा पाइरहेको छ । फिल्ममा धुर्मुसको भूमिका के हो भन्ने खुलेको छैन ।
पोस्टर हेर्दा धुर्मुसको चरित्र राजनीतिसँग जोडिएको बुझ्न सकिन्छ । पोस्टरमा उनीबाहेक मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई पनि प्रस्तुत गरिएको छ ।