Nidan Media

हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ अब छुट्टै एपबाट

काठमाडौं । हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ अब छुट्टै एपबाट सञ्चालन हुने भएको छ । यसअघि हाम्रो पात्रो भित्रबाट नै सञ्चालन हुँदै आएको ‘हाम्रो पे’ गुगल प्ले स्टोरमा उपलब्ध भएको छ ।

गुगल प्ले स्टोरमा गएर ‘हाम्रो पे’ सर्च गरेर वा यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सकिनेछ । हाम्रो पे एपमा हाम्रो पात्रोमा हुँदाका नै सेवा सुविधाहरू राखिएको हाम्रो पात्रोका कार्यकारी निर्देशक शंकर उप्रेतीले जनाएका छन् । उनका अनुसार केही दिनमै एप्पल एपस्टोरमा समेत हाम्रो पे एप उपलब्ध हुनेछ ।

हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबैजसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।

बाँडेर अर्थात् संयुक्त रूपमा बिल भुक्तानी गर्न सकिने, पैसा सापटीका लागि अनुरोध पठाउन मिल्ने, आम्दानी तथा खर्चको रेखाचित्र, लाइभ च्याट सपोर्ट, नेपालीसहित अन्य स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक विशेषता समेत रहेका छन् । हाम्रो पात्रोको एपभित्र रहेको ‘हाम्रो पे’ पनि अहिलेसम्म भने हटाइएको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.