Nidan Media

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

रुपन्देही | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका छन्।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि हिजो (बुधबार) हाजिरी जमानीमा रिहा भएका थिए। आजबाट हुने थुनछेक बहसका लागि उनी अदालतमा उपस्थित भएका हुन्।

हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए।

रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ। भने आजबाट कानुन व्यवसायीहरूले थुनछेक बहस सुरु गर्ने छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.