Nidan Media

राष्ट्रपति बनेको पहिलो दिनमै रुस-युक्रेन युद्ध रोक्ने आफ्नै दाबीबारे ट्रम्पकाे प्रतिक्रिया

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस-युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीमा प्रतिक्रिया जनाएका छन्।

राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले अहिले आफू राष्ट्रपति भएको आधा दिन मात्र भएको बताए।

उनले भने, ‘आधा दिन मात्रै बितिसकेको छ। मसँग अझै आधा दिन बाँकी छ। के हुन्छ हेर्नेछौँ।’

उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम सम्झौता गर्न चाहेकाे दाबी गरेका छन्।

ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले बुझेको छु कि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चाहन्छन्।’

रुस-युक्रेन युद्ध एक हप्ताभित्र सकिने बताउँदै उनले युद्ध समाप्त हुनु जेलेन्स्कीका लागि राम्रो हुने बताए।

‘अधिकांश मानिसहरूले रुस-युक्रेन युद्ध एक हप्तामा समाप्त हुनेछ भन्ने सोचेका थिए,’ उनले थपे, ‘मलाई लाग्छ कि यो युद्ध समाप्त हुनु जेलेन्स्कीको लागि धेरै राम्रो हुनेछ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.