Skip to content

चियाकाे पैसा तिर्ने विवादमा आफ्नै साथीको खुकुरी हानी हत्या

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीहरूले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार रिजनको टाउको, बायाँ कुम, हातको हत्केला र कुहिनामा चोट लागेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको थियो । तर, गम्भीर घाइते रिजनको उपचारकै क्रममा मृत्यु भयो ।

घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान–५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन् । जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x