Skip to content

शुटिङका क्रममा सेटको छत खसेपछि अर्जुन कपूरसहित छ गम्भीर घाइते

सैफ अली खानको स्वास्थ्यलाई पछि पार्दै अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित अभिनेता अर्जुन कपूरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ ।  प्राप्त जानकारी अनुसार अभिनेता  ‘मेरे हसब्यान्डकी बीवी’ को शुटिङमा थिए ।

एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा अर्जुन कपूर बाहेक निर्देशक मुदस्सर अजिजसहित ६ जना घाइते भएको जनाइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को शुटिङ चलिरहेको थियो । फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको थियो ।

सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन् । यस दुर्घटनामा अर्जुन कपुर, ज्याकी भगनानी र निर्देशक मुदस्सर अजिज घाइते भएका छन् ।

 

3 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x