Skip to content

धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको सोमवार बिहानै देखि घुइँचो…

 

 चितवन- धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको सोमवार बिहानै देखि घुइँचो छ । आइतबार बिहान बेनीमा ओमकार अङ्कित वासको लिङ्गो गाडेर  विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै स्नानका लागि भक्तजनको घुइँचो भएको हो । स्नान गर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन अहिले देवघाटमा छन् ।

भक्तजनको ब्यवस्थापनकालागि देवघाटको झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गरिएको छ । विशेष त प्रहरी र स्वयंसेवकले पुलमा भिड नहोस भनेर सतर्कता अपनाइ रहेका छन् ।

यस्तै नदी वारपार गर्न सशुल्क साथै केहि स्थानमा निःशुल्क डुङ्गा पनी उपलब्ध गराइएको छ ।

सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटोबाट भित्रने व्यवस्था गरिएको छ ।

शान्ति सुरक्षा र यातायात ब्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेलले देवघाटमा स्नान गर्न आउने भक्तजनकालागि सहज हुने गरि बेनीमा पार्किङ स्थानको समेत व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

यस अघि आइतबार गलेश्वर आश्रममा जम्मा भएका भक्तजनहरू बाजागाजा सहित बेनीमा पुगेर लिङ्गो गाडेर देवघाट मेलाको उद्घाटन गरिएको थियो । हरिहर आश्रमका पिठाधिस स्वामी ज्ञाननन्द सरस्वतीले सूर्य मक्कर राशिमा भई उत्तरायण हुने माघे सङ्क्रान्तिका दिन देवघाटमा आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा पुरा हुने बताए ।

“देवघाट महत्त्वपूर्ण तीर्थ स्थल हो । यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ”, धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले पनि यो दिन स्नान गर्न आउने भक्तजनहरूको सख्या उल्लेखनीय हुने गरेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x