Skip to content

आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि

पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्डकप–२०८१ मा चितवनको जयश्री फुड्स प्रालि सहप्रायोजकरुपमा जोडिएको छ ।सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र कम्पनीका तर्फबाट जनरल म्यानेजर अमीत अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बास्मती प्रिमियम राइसले सहप्रायोजकवापत ५ लाख रुपैयाँ प्रदान गर्नेछ । सो अवसरमा अग्रवालले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ संचालित फुटबल प्रतियोगितामा सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी संस्करणमा पनि एकेडेमीका बालकहरुको निम्ति यस्तै सहयोगको निरन्तरता दिने वचन दिए ।

क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारेको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । १२ टिमले भाग लिने प्रतियोगितामा हालसम्म १० टिमको छिनोफानो भएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x