Nidan Media

कास्कीमा कांग्रेसको सय दिने अभियान जारी

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीको सय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली कांग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की कांग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार, पुस १९ गते आज रुपा गाउँपालिकामा र पुस २६ गते पोखरामा अभियान कार्यक्रम सञ्चालन हुनेछ ।

सिक्लेसमा मादी गाउँपालिकाको आर्थिक विकासमा कृषि पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा मादीका वडाका पार्टीका पदाधिकारीहरु, जनप्रतिनिधिहरु र अभियानका लागि मादीका वडामा खटिएका संयोजकहरु सहभागी थिए ।

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसले देशको सबै क्षेत्रको नेतृत्व गरेको बताए । अभियानका लागि कास्की जिल्ला प्रतिनिधि समेत रहेका उनले देशमा भ्रमको राजनीति हावि हुन थालेको भन्दै भ्रमलाई चिर्दै काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जनताको आवश्यकता नै काँग्रेसको एजेण्डा हुनुपर्ने उल्लेख गरे । पर्यटन व्यवसायी पशुपति शर्माले मादीको कृषि पर्यटनको सम्भावना र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, महासमिति सदस्य दिपक गुरुङ माइला, महाधिवेशन प्रतिनिधि गिमाया गुरुङ, नरेन थापा, जिल्ला सदस्य विकास थापा, नेपाली कांग्रेस क्षेत्र नं १ कास्कीका सचिव ओमप्रकास गुरुङ लगायतले बोलेका थिए ।

नेपाली कांग्रेस मादी गाउँपालिकाका सभापति यमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का सभापति टंकप्रसाद गुरुङले स्वागत र वडा नं ४ सभापति यमनाथ सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.