Nidan Media

ठूला राजनीतिक दललाई असफल हुने छुट छैन : महासचिव शंकर पोखरेल

दाङ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताएका छन् ।

एमाले दाङ प्रचार तथा प्रकाशन विभागले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताए ।

राम्रो काम गर्दा गर्दै सरकार ढल्दैछ भनेर हल्ला चलाउने काम भइरहेको उल्लेख गर्दै पोख्रेलले ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले योजनाबद्ध सुधारका काम गरिरहेको बताए ।

उनले कसैलाई चित्त नबुझ्दैमा सरकार ढल्न नसक्ने दाबी गरे ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.