Skip to content

वुमन्स च्यालेन्जर कपको उपाधि टिम अकलालाई

पोखरा । पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिताको उपाधि टिम अकलाले जितेको छ । राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । चार टिम सहभागी तीन दिनसम्म चलेको प्रतियोगितामा टिम भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त गर्यो । टिम बाराही भने ३ खेलमै हार व्यहोर्दै जितिविहिन भयो ।

शुक्रबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ११४ रनको विजयी लक्ष्य पाएको अकला २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनमा सिमित हुँदा भद्रकालीले ८ विकेटको जित हासिल गर्न सफल भएको हो । अकलाका लागि सिर्जना पौडेलले ४५ रनको योगदान दिइन् । कृष्टिना अर्यालले ११ रनको योगदान दिइन् । भद्रकालीका लागि रेजिना विकले २ तथा पुुर्णिमा गुरुङले १ विकेट लिइन् ।

टस जितेर ब्याटिङ थालेको भद्रकालीले २० ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो । भद्रकालीका लागि रेखा तामाङले ५४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनी जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । यस्तै सिर्जना विकले १९ रन जोडिन् । अकलाको लागि सुुशिला डिमडुुङ र सिर्जना पौडेलले १÷१ विकेट लिइन् । बाराहीलाई विन्ध्यवासिनीले ३८ रनले हराएको छ । १२३ रनको विजयी लक्ष्य पाएको बाराही १३.२ ओभरमा ८४ रनमा अलआउट हुन पुुग्यो । बाराहीका लागि विनिता नेपालीले सर्वाधिक २४ रनको योगदान दिइन् । यस्तै विन्दु ठकुरीले १७ तथा यशोदा भुजेलले १४ रनको योगदान दिइन् । विन्ध्यवासिनीका लागि मेघा खड्गी र चन्द्रमाया बरालले समान ३÷३ विकेट लिइन्

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाउन सफल भयो । विन्ध्यवासिनीका लागि चन्द्रमाया बरालले ४३ रनको योगदान दिइन् । सफलता भुजेलले १८ रनको योगदान दिइन् । बाराहीका लागि यशोदा भुजेलले ३ तथा सोफिया गुुरुङले २ विकेट लिइन् । सम्पन्न प्रतियोगिताबाट प्रधानमन्त्री कप र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनौट गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x