Skip to content

बाइडेनले ३७ जनाको मृत्युदण्डको सजाय घटाएपछि ट्रम्पको असन्तुष्टि

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनले मृत्युदण्ड पाएका कैदीहरूको सजाय घटाएको विषयमा असन्तुष्टि जनाएका छन् ।

बाइडेनले आफ्नो कार्यकालको अन्तिम महिनामा सोमबार संघीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदीमध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोलबिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गरेका थिए । बाइडेनको उक्त निर्णयको ट्रम्पले आलोचना गरेका हुन् । तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा नौ, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा चार र जेल गार्डको हत्या गर्ने एक जना थिए ।

बाइडेनले संघीय मृत्युदण्डमा रोक लगाएका थिए तर जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि थप कार्य गर्न दबाबमा थिए किनभने रिपब्लिकन ट्रम्पले अभ्यास पुनः सुरु गर्ने संकेत दिएका थिए । सन् २०१३ को बोस्टन म्याराथन बम विस्फोटका एक आरोपी, सन् २०१८ मा ११ जना यहुदी उपासकहरूको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्चका भक्तजनहरूको गोली हानी हत्या गर्ने एक श्वेत सर्वोच्चतावादी गरी तीन जनालाई यो निर्णयबाट बाहिर राखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x