Skip to content

पोखरा बेलुन महोत्सवको तयारी, ५ हजार फिट माथि सम्म बेलुन उडाइने

पोखरा । बेलुन नेपाल प्रालिको आयोजनामा पोखरामा हुने अन्तर्राष्ट्रिय बेलुन महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । पुस ९ देखि १७ गतेसम्म सञ्चालन हुने ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो ।

पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । ९ दिनसम्म चल्ने महोत्सवमा १७ वटा हट बेलुन एकै पटक पोखराको आकासमा उडाइने उनले बताए । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा उडान भर्नका लागि विश्वका विभिन्न देशका पाइलटहरु बेलुनसहित पोखरा आइसकेको कम्पनीले जनाएको छ । महोत्सवका लागि स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अष्ट्रेलिया, अमेरिका, अष्ट्रिया, कोरिया, इटाली, यूके, लाओस, जर्मनी, भारत, दुवई, नेदरल्याण्ड, थाइल्याण्ड, बेल्जियमलगायत विभिन्न देशको प्रतिनिधित्व हुनेछ । महोत्सवमा ५ हजार फिट माथिसम्म बेलुन उडाइनेछ । पोखराको लौरुकदेखि चंखपुरसम्मको क्षेत्रमा उडान हुनेछ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकको भनाइ छ । महोत्सवमा सूर्योदय र सूर्यास्तका दृश्य पनि प्रमुख आकर्षण रहेको छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x