लमजुङ । रक्तदान अभियन्ता श्वेता श्रेष्ठको एक पहलमा शुक्रबार राइनास नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्वेता रक्तदान अभियान मार्फत भएको उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । ३७ वर्षीय श्रेष्ठले आफ्नै खर्चमा विगत ४ वर्षदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै आएकी छन् ।
हालसम्म उनको पहल र रेडक्रसको सहयोगमा ६ सय युनिट भन्दा बढी रगत संकलन भएको छ । स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले रक्तदान कार्यक्रम गर्दै आएको अभियन्ता श्रेष्ठले बताइन् ।
शुक्रबार पनि श्वेता रक्तदान अभियानको आयोजना, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसन्चार सेवाको प्राविधिक सहयोग तथा नेपाल तरुण दल, राइनास नगरसमिति लमजुङको सहयकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।