Skip to content

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरिएको हो । कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि अदालत लगेको थियो ।

यसअघि, अदालतले मंसिर २७ गते उनलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो । सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x