पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी भएका छन् । बरालले १ सय ५ मत ल्याउँदा राजेन्द्र अधिकारीले ९६ मत पाए । उपाध्यक्षमा माधव रेग्मी ९० मतका साथ विजयी हुँदा श्रीराम सिग्देलले ७७ मत र कमल पौडेलले ३५ मत पाए ।
उपाध्यक्ष महिलामा कन्चन थापा १ सय ९ मतका साथ विजयी भइन भने बिनकुमारी थापाले ८७ मत पाइन । सचिवमा भुपाल गुरुङ १ सय २ मतका साथ विजयी हुँदा सन्देश श्रेष्ठले ९८ मत पाए ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १ सय २६ मतका साथ विजयी भए । दिलप्रसाद गुरुङले ७२ मत पाए । सहसचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतका साथ विजयी भए । सुरेश अधिकारीले ८० मत पाए ।
सदस्य (महिला) मा कविता कविता घर्तीमगर १ सय १ मतका साथ विजयी हुँदा देविका तामाङ देविका तामाङले ९४ मत ल्याइन् । सदस्य दलितमा सुरेश सुनार १ सय ४३ मत पाएर विजयी भए सन्तोष परियारले ५१ मत ल्याए । शुक्रबार भएको मतदानमा कास्कीमा २ सय ५ मत खसेको थियो । यहाँ २ सय २० सदस्य छन् ।
सदस्य (खुला) तर्फ ९ जनामा विजयी
अर्जुन (सुशान्त) गाहा : १५१
गौरव त्रिपाठी : १४३
राजु गिरी : १३२
बालकुमारी पौडेल : १२९
सन्तोष सुवेदी : १२८
रिखिराम जिसी : ११७
तुलसीराम सुवेदी : १०७
निराजन अधिकारी : १०६
पुष्पराज दाहाल : १०४
राष्ट्रिय परिषद् सदस्य , निर्वाचित ५ जना
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४
दिननाथ बराल : ११६
कृष्णमणि बराल : १०९
भरत कोइराला : १०८
राजबहादुर गुरुङ : १०८