काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिशेल बार्निये पदमुक्त भएका छन् । अविश्वासको प्रस्तावबाट बार्नियेको सरकार ढलेको छ ।
फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वासको प्रस्तावबाट सरकार ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि अविश्वासको प्रस्तावबाट सन् १९६२ फ्रेन्च सरकार ढलेको थियो । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्नियर पदमुक्त भएका छन् ।
अविश्वास प्रस्तावमा हारेपछि उनी फ्रान्सको इतिहासमै सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे । विपक्षी दलहरूले प्रधानमन्त्री बर्नियरविरुद्ध सोमबार संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरूको उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।