Skip to content

पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी

पोखरा । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापित तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले  रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्लाजिल्लामा बयान लिनेक्रम जारी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x