काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन गएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको जानकारी दिएको हो । प्रधानमन्त्री ओली आज (सोमबार) उत्तरी छिमेकी देश चीनको भ्रमणमा निस्किएका छन् ।