Nidan Media

८७ सदस्यीय जम्बो टोली सहित प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद बैठकले ८७ सदस्यीय टोलीको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओली यही १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको जानकारी दिएका छन्।

उनका अनुसार भ्रमण टोलीमा धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको छ। मन्त्री पाण्डेले भ्रमण टोलीमा निजी क्षेत्र, परराष्ट्रमन्त्री र सांसदहरू रहने जानकारी दिए। उनले भ्रमणको एजेन्डाबारे छलफल भइरहेको र मन्त्रिपरिषदको अर्को बैठकले निर्णय गर्ने बताए। टोलीमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधि सहभागी हुने बताइएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.