Skip to content

म्याद थपका लागि रविलाई पुर्‍याइयो अदालत

पोखरा । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइएको छ ।

उनलाई बिहान १० बजेपछि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएको थियो । यससँगै लामिछानेलाई आज पाँचौ पटक म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गरिएको हो ।

लामिछानेविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आज म्याद थप गरेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x