Skip to content

जबरजस्ती करणी मुद्दामा ३ युवती पक्राउ

पोखरा । पोखराको एक होटेलका कोठामा बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले ३ युवतीलाई पक्राउ गरेको छ । ४ जना बालिकालाई कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती बालिकाको उद्दार गरेको हो ।

प्रहरीले गोरखाको पालुङ्टार गा.पा वडा नं४ स्थायी घर भई हाल लेकसाइड बस्ने १९ वर्ष ममता तामाङ, मकवानपुर बाग्मती गा.पा वडा नं ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं ७ कपन बस्ने २३ वर्षे रिना तामाङ र
पूर्वी नवलपरासी मध्यबिन्दु नपा वडा नं १० स्थायी घर भई हाल लेकसाइड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x